आइपिओकाे नतिजा आर्थिक सञ्चार माध्यमले प्रकाशन गर्न नपाउने



काठमाडाै । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले अनलाइन सञ्चार माध्यमहरुमा साधारण शेयर (आइपिओ) काे नतिजा प्रकाशन गर्न रोक लगाएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले यस्ताे व्यवस्था गरेकाे हाे ।


यसअघि आर्थिक सञ्चार माध्यमहरूले पनि नतिजा प्रकाशन गर्दै आइरहेका थिए । अब भने सम्बन्धित कम्पनी, आइपिओकाे निष्कासन तथा बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले मात्र नतिजा प्रकाशन गर्न पाउने व्यवस्था लागू भएकाे सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्याैपानेले जानकारी दिएका छन् ।

याे व्यवस्था भाेलि बाँडफाँड हुन लागेकाे महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आइपिओ बाट नै लागू हुने भएकाे पनि न्याैपानेले बताएका छन् । धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली २०६८ को बुँदा ४७ अनुसार, “सीडीएससीका कर्मचारी, निक्षेप सदस्य तथा निष्कासनकर्ता संगठित संस्था वा रजिस्ट्रारले हितग्राहीसँग सम्बन्धित विवरण, तथ्यांक वा जानकारीका सम्बन्धमा कानुनबमोजिम अधिकार प्राप्त निकायबाट माग भएको अवस्थामा बाहेक गोप्यता कायम राख्नुपर्नेछ ।” भन्ने व्यवस्था अनुसार सम्बन्धित कम्पनी, आइपिओकाे निष्कासन तथा बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले मात्र नतिजा प्रकाशन गर्न पाउने व्यवस्था लागू भएकाे हाे ।

 

 

प्रतिक्रिया दिनुहोस
शेयर बजारमा ५४.३१ अंकको बृद्धि

काठमाडाै । आइतबार सेयर बजार मापक नेप्से परिसूचक ५४.३१ अंकले बढेर ३०५८.६३ बिन्दुमा

लगानीकर्ताले अर्थमन्त्रीलाई भने- यी सात काम भए पूँजीबजारका समस्या र समाधान हुन्छ

काठमाडाें । नेपाल इन्भेष्टर्स फोरम र शेयर लगानीकर्ता संघ नेपालले संयुक्त रुपमा अर्थमन्त्री

तेह्रथुम पावर कम्पनीको आइपीओ मंगलबार देखि , कस्ले कति कित्ता भर्न पाइन्छ ?

काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले भोली अर्थात् मंगलबार देखि स्थानीय वासिन्दाका लागि

उकालो यात्रामा सेयर बजार,११ अर्ब ८१ करोडको कारोबार

काठमाडाै् । सेयर बजार दोहोरो अंकले बढे छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)

प्रकाशित मिति २०७८ असार १ देखि