दोहोरो अंकले घट्यो सेयर बजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

दोहोरो अंकले घट्यो सेयर बजार



काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकले घटेकोे छ । हिजो (बुधबार) नेप्से १२.५६ अंकले नेप्से बढेर दुई हजार पाँच सय ९९ दशमलब ७ विन्दुमा पुगेको थियो ।

नेप्सेका अनुसार आज ४४.९४ अंकले नेप्से घटेर दुई हजार पाँच सय ५४ दशमलब १३ विन्दुमा पुगेको छ भने ६ अर्ब ९ करोड ८१ लाख बराबरको कारोबार भएको छ । त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये सबै समूह राताम्मे भएका छन् ।

आज शेयर बजार राताम्मे भएपनि दुई कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि भएको छ । उच्च शेयरमूल्य बृद्धि हुनेमा चन्द्रागिरी हिल्स र नेपाल हेल्थ प्रोफेशनल काउन्सिल रहेका छन् ।

प्रकाशित : १३ फाल्गुन २०७७, बिहीबार १५:०९