एनआरएन इन्फ्रास्टक्चरको लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

एनआरएन इन्फ्रास्टक्चरको लाभांश पारित



काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको आठौं साधारणसभा सम्पन्न भएको छ । माघ २५ गते सम्पन्न साधारणसभाले लगानीकर्तालाई २.८५ प्रतिशत बोनस र ०.१५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) दिने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको साधारणसभाले हाल कायम चुक्ता पुँजी १ अर्ब १३ करोड २६ लाख ८२ हजार १ सय रुपैयाँको २.८५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको हो । बोनसपछिको चुक्ता पुँजी १ अर्ब १६ करोड ४९ लाख ६३ हजार ५ सय रुपैयाँ भएको छ । साधारणसभाले ०.१५ प्रतिशत नगद (कर प्रयोजनको लागि) दिने प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीले नियामक निकायको स्वीकृति लिएर कारोबार गर्ने गरी प्रबन्ध पत्रको दफा ४ को ‘ट’ पछि दफा ४ को ‘ठ’,‘ड’,‘ढ’ थप गरेको छ । जसमा कम्पनीले विभिन्न प्राइभेट तथा पब्लिक कम्पनीहरुको प्राथमिक निष्काशन सम्बन्धी सेयर खरिद गर्ने, गराउने, बुक विल्डीङ विधि मार्फत निष्काशन धितोपत्र खरिद प्रकृयामा सहभागी भई लगानी गर्ने÷गराउने, विभिन्न ईकमर्स सम्बन्धी व्यवसायहरुमा लगानी गर्ने÷गराउने उद्देश्य थप गरिएको छ ।

कम्पनीले अहिले हिमालयन पावर पार्टनरले प्रबद्र्धन गरेको लमजुङ जिल्ला स्थित २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजनामा लगानी गरेको छ । साधारणसभाले संस्थापक सेयरधनीहरुको तर्फबाट जीवनाथ लामिछाने, शेष घले, महेश कुमार श्रेष्ठ, कृष्ण प्रसाद पाण्डे, हिक्मत बहादुर थापा र कुल प्रसाद आचार्यलाई निर्वाचन गरेको छ । यस्तै सर्वसाधारण समूहको तर्फबाट डा. भरत कुमार थापा, अम्बिका पौडेल र संगिता केसी निर्वाचित हुनु भएको छ ।

प्रकाशित : १३ फाल्गुन २०७७, बिहीबार १५:२२