कुमारी इक्विटी फन्ड आजदेखि खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

कुमारी इक्विटी फन्ड आजदेखि खुल्यो



काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले आज (फागुन १४ गते, शुक्रबार) देखि “कुमारी इक्विटी फन्ड” नामक सामुहिक लगानी कोष निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । यो दशवर्षे बन्दमुखी योजना हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८ करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । फण्डले १५ प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई खुल्ला गरेकाे हाे ।

उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्म आज (फागुन १४ गते, शुक्रबार) देखि फागुन १८ गते मंगलबारसम्म आवेदन दिन पाइनेछ । यस अवधिमा पर्याप्त आवेदन नपरेमा फागुन २८ गते शुक्रबारसम्म आवेदन दिन सकिनेछ ।

उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् । इक्रा नेपालले यो योजनालाई एएमसी ३ रेटिङ प्रदान गरेको छ ।

प्रकाशित : १४ फाल्गुन २०७७, शुक्रबार १०:११