आइपिओकाे नतिजा पाउन लगानीकर्तालाई कठिन,वैकल्पिक व्यवस्था लागू गर्न चुक्यो सिडिएस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

आइपिओकाे नतिजा पाउन लगानीकर्तालाई कठिन,वैकल्पिक व्यवस्था लागू गर्न चुक्यो सिडिएस



काठमाडाै । अनलाइन सञ्चार माध्यम तथा निजी संस्थाहरूलाई साधारण सेयर (आइपिओ) काे नतिजा प्रकाशन बन्देज लगाएसँगै लगानीकर्ताहरु मर्कामा परेका छन् ।


सिडिएस एण्ड क्लियरिङ लिमिटेडले वैकल्पिक व्यवस्था लागू नगरि अनलाइन सञ्चार माध्यम तथा निजी संस्थाहरूमा नतिजा प्रकाशन गर्न रोक लगाएपछी लगानीकर्ताहरु मर्कामा परेका हुन् ।

यसअघि आर्थिक सञ्चार माध्यमहरूले पनि नतिजा प्रकाशन गर्दै आइरहेका थिए । अब भने सम्बन्धित कम्पनी, आइपिओकाे निष्कासन तथा बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले मात्र नतिजा प्रकाशन गर्न पाउने व्यवस्था लागू गरिएको छ ।

यो व्यवस्थाले गर्दा लगानीकर्ताहरु अन्योलमा परेका छन् । गोपनीयताको हिसाबले यो व्यवस्था सुरक्षित मानिए पनि वैकल्पिक व्यवस्था नहुँदा लगानीकर्ताहरु मारमा परेका हुन् ।

धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली २०६८ को बुँदा ४७ अनुसार, “सीडीएससीका कर्मचारी, निक्षेप सदस्य तथा निष्कासनकर्ता संगठित संस्था वा रजिस्ट्रारले हितग्राहीसँग सम्बन्धित विवरण, तथ्यांक वा जानकारीका सम्बन्धमा कानुनबमोजिम अधिकार प्राप्त निकायबाट माग भएको अवस्थामा बाहेक गोप्यता कायम राख्नुपर्नेछ ।” भन्ने व्यवस्था अनुसार सम्बन्धित कम्पनी, आइपिओकाे निष्कासन तथा बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले मात्र नतिजा प्रकाशन गर्न पाउने व्यवस्था लागू भएकाे हाे ।

प्रकाशित : १४ फाल्गुन २०७७, शुक्रबार ११:३५