गणपति लघुवित्तको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गणपति लघुवित्तको शेयर मूल्य समायोजन



काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १५ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो ।

समायोजनपछिको भाउ १५ सय ४२ रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर आइतबार कम्पनीको शेयर कारोबार खुल्नेछ ।

नेप्सेले अघिल्लो कारोबार दिन बिहीबारको अन्तिम कारोबार मूल्य १७ सय ७३ सय रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

फागुन २८ गते साधारण सभा बोलाएको कम्पनीले आज (फागुन १४ गते) देखि बुक क्लोज गरेको छ ।

यसर्थ, बिहीबार (फागुन १३ गते) सम्म कायम शेयरधनीले कम्पनीले वितरण गर्ने १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत लाभांश हात पार्नेछन् ।

प्रकाशित : १४ फाल्गुन २०७७, शुक्रबार १३:३४