स्वरोजगार लघुवित्तको शेयरमूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

स्वरोजगार लघुवित्तको शेयरमूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको १२ दशमलव ३९ प्रतिशत बोनस शेयर प्रयोजनका लागि आइतवार मूल्य समायोजन गरेको हो ।

गत बिहीवार कायम अन्तिम मूल्य रू. १ हजार ४७८ लाई आधार बनाएर नेप्सेले कम्पनीको बोनस पछिको शेयर मूल्य रू. १ हजार ३१५ तोकेको हो । कम्पनीले गत आर्थिक वर्ष ०७६÷७७ को सञ्चित मुनाफाबाट बोनस सँगै कर प्रयोजनका लागि शून्य दशमलव ६५ प्रतिशत नगद लाभांश पनि दिने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश फागुन २९ गते १२औं वार्षिक साधारण सभामार्र्फत पारित गराउन लागेको कम्पनीले सभा प्रयोजनका लागि फागुन १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

बुक क्लोजको आधारमा फागुन १३ गते बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले हाल कायम कम्पनीको चुक्तापूँजी रू. ३६ करोड ५९ लाख ३७ हजारको आधारमा लाभांश दिन लागेको हो ।

प्रकाशित : १६ फाल्गुन २०७७, आईतवार १०:१०