आजबाट निफ्राको कारोबार लगानी समूहमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आजबाट निफ्राको कारोबार लगानी समूहमा



काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतबारदेखि हुने कारोबारमा १७ वटा परिसूचक गणना गर्ने भएको छ ।

नेप्सेकाे व्यवस्थापनकाे फागुन ७ गतेकाे निर्णय अनुसार फागुन १६ गतेदेखि लागू हुने गरि केही सूचिकृत कम्पनीकाे समूह विभाजनमा हेरभेर तथा नयाँ समूहकाे व्यवस्था गरेकाे नेप्सेले जनाएकाे छ ।

यसअघि नेप्सेमा ११ समूहगत परिसूचक रहेकोमा अब लगानी समुह थप गरी १२ वटा समूहका समूहगत परिसूचक कायम गरिएकाे छ । आइतबारदेखि समूहगत १२ परिसूचकसँगै म्युचुअल फण्ड, नेप्से परिसूचक, नेप्से फ्लोट, सेन्सेटिभ इन्डेक्स र सेन्सेटिभ फ्लोट गरी १७ परिसूचक गणना गर्न लागिएको हाे ।

लगानी समूहमा यसअघि अन्य समूहमा रहेका नागरिक लगानी कोष, हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडलाई राखिएकाे छ ।

यसका साथै, होटल तथा पर्यटन समूहमा चन्द्रागिरी हिल्स लिमिटेड थपिएको छ र यसअघि होटल समूहमा रहेका ओरियण्टल होटल लिमिटेड, तारागाउँ रिजेन्सी होटल र याक एण्ड यति होटल लिमिटेड होटल तथा पर्यटन समूह अन्तर्गत रहेर कारोबार हुने भएकाे छ ।

प्रकाशित : १६ फाल्गुन २०७७, आईतवार १०:२८