खानी खोला हाइड्रोपावर लिमिटेडमा ८६ गुणा बढी सेयर आवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

खानी खोला हाइड्रोपावर लिमिटेडमा ८६ गुणा बढी सेयर आवेदन



IPOs1काठमाडौं । खानी खोला हाइड्रोपावर लिमिटेडमा ८६ गुणा बढी सेयर आवेदन परेको छ ।  बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेडका अनुसार कुल ६ अर्ब ८२ करोड रूपैयाँको आवेदन परेको छ । कम्पनीले जम्मा नौ लाख ३१ हजार चार सय २९ कित्ता सेयर निष्कासन गरेको हो । प्रतिकित्ता एक सय रूपैयाँ दरले नौ करोड ३१ लाख हाराहारीको सेयर आवेदन भए पुग्नेमा झन्डै सात अर्ब परेको हो ।
मागभन्दा अत्याधिक बढी आवेदन परेकाले यसमा पनि चिट्ठा प्रणालीबाट सेयर बाँडफाँट गरिने लगभग निश्चित जस्तै भएको छ ।

कम्पनीले ठोस्ने खोलाबाट ४.३६ मेगावाट र ललितपुरको भट्टेडाँडास्थित खोलाबाट दुई मेगावट बिजली निकाल्दैछ । खानी खोलाको सेयर जेठ १६ देखि निष्कासन खुला भई १९ गते बन्द भएको थियो ।

प्रकाशित : २१ जेष्ठ २०७३, शुक्रबार १६:२१