सांग्रिला डेभलपमेन्ट बैंकलाई नेप्सेले लगायो डण्डा



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडसँग स्पष्टिकरण मागेकाे छ ।


बैंकले लाभांश घाेषणा गरेकाे सूचना काराेबार समयमा नै नेप्सेमा पठाएकाे भन्दै धिताेपत्र सूचीकरण विनियमावली, २०७५ काे विनियम २२(१)(घ) मा भएकाे व्यवस्था बमाेजिम धिताेपत्र मूल्यमा प्रभाव पार्ने, सूचना, जानकारी तथा निर्णय सिर्जना भएकाे साेही दिन अथवा भाेलिपल्ट काराेबार खुल्नु अघि बुझाउनु पर्नेमा बैंकले उक्त व्यवस्था पालना नगरेकाे भन्दै काराेबार राेक्का गरेकाे छ ।

नेप्सेले यस विषयमा के भएको हो र बैंकको भनाई के छ भन्ने विषय उल्लेख गरि ३ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएकाे छ ।


बैंककाे आज (फागुन १६ गते, आइतबार) बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

मेगा बैंकको सेवा अब नागरिक एपमा पनि पाइने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र नेपाल सरकारको नागरिक एपबीच सहकार्य भएको

एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्ताव गरेको १० दशमलव ५३ प्रतिशत लाभांशका

उद्योग संगठन मोरङले अघि सारेका कार्यक्रम कार्यान्वयनमा प्रदेश सरकारसंग सहकार्य गर्ने

विराटनगर ।। उद्योग संगठन मोरङले आर्थिक तथा औद्योगिक क्ष्ँेत्रको हितलाई ध्यानमा यो क्षेत्रलाई

प्रकाशित मिति २०७८ असार १ देखि