नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार



काठमाडौं । नेपाली कंग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ ।


शुक्रबार बिहान मष्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना हुनुभएका नेता जोशीको यहाँस्थित आइसियूको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ।

शनिवारको तुलनामा उहाँको स्वास्थ्य अवस्था आइतबारसम्ममा निकै सुधार देखिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिनुभयो ।


झाका अनुसार शनिवारभन्दा आइतबार नेता जोशीले दाहिने हात र खुट्टा बढी चलाउनुभएको छ । जोशीलाई आइतबार बिहानदेखि नै बेहोस् पार्ने औषधि दिन छाडिएको छ । तर, पनि उहाँले आँखा भने खोल्नुभएको छैन ।


यस्तै, आइतबार जोशीको सिटी स्क्यान पनि गरिएको छ । जसअनुसार उहाँको टाउकोमा जमेको रगत र रक्तमिश्रित पानी समेत लगभग सफा भएको पाइएको छ ।


‘उहाँको अवस्था अझै खतरामुक्त भने छैन ।’ डा. झाले भन्नुभयो–‘उहाँको अहिलेको अवस्थालाई जटिल, तर सुधारोन्मुख भन्नुपर्छ ।’

प्रकाशित : १७ फाल्गुन २०७७, सोमबार १०:०१