लोकप्रिय बियर ‘आइसबर्ग’ नयाँ ढंगबाट बजारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

लोकप्रिय बियर ‘आइसबर्ग’ नयाँ ढंगबाट बजारमा



काठमाडाै । नेपालको पूरानो र लोकप्रिय बियर ‘आइसबर्ग’ आज (सोमबार)बाट पुनः नयाँ ढंगबाट बजारमा आएको छ । हिमालयन ब्रुअरीको अधिकांश स्वामित्व सिजी होल्डिङ्सले किनेसँगै यो बियर नयाँ स्वाद र लेबलका साथ बजारमा ल्याइएको हो ।

तीन दशकअघि नेपाली बजारमा निकै लोकप्रिय रहेको आइसबर्ग अब उपभोक्ताहरुले नयाँ स्वादका साथ सेवन गर्नसक्नेछन् । गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको नेपालको एक मात्रै बियर हो ।

हिमालयन ब्रुअरीको सहायक कम्पनी त्रिशक्ती डिष्टिलरीका विभिन्न रक्सी पनि नयाँ लेबलका साथ बजारमा ल्याइएको छ । विशेषगरी नेपाली युवाहरुलाई लक्षित गरेर ल्याइएको सात प्रतिशत अल्कोहल रहेको आइसबर्गको यो स्ट्रोङ बियर भए पनि प्रिमियम फिचरमा बजारमा ल्याइएको हो ।यसको ६५० एम.एल.को बोतलको मूल्य २८५ रुपियाँ कायम गरिएको छ । हिमालयन ब्रुअरीले स्ट्रोङ सेगमेन्टमा कमाण्डो पनि बजारमा उपलब्ध छ ।


यसअघि नै नेपाली उपभोक्तामा निकै परिचित भइसकेकोले आइसबर्गले छिट्टै राम्रो बजार लिनेमा कम्पनी विश्वस्त छ । आइसबर्गको लामो र गौरवमय इतिहासलाई कायम राख्दै पुनः बजारमा नविन ढंगबाट ल्याइएको हो । कम्पनीले आज विशेष कार्यक्रमको आयोजना गरी आइसबर्गको लम्च गरेको छ ।

प्रकाशित : १७ फाल्गुन २०७७, सोमबार १२:३१