राष्ट्रपतिद्धारा फागुन २३ गतेका लागि संसद अधिवेशन आह्वान



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेका लागि संसद अधिवेशन आह्वान गरेकी छन् ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपतिले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् ।

सोमबार अपरान्ह राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नयाँ बानेश्‍वरस्थित संसद भवनमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएको उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी ताजा जनादेशमा जान आह्वान गरेकी थिइन् ।

सर्वोच्च अदालतले फागुन ११ गते संसद पुनःस्थापनाको फैसला गर्दै १३ दिनभित्र संसदको अधिवेशन आह्वान गर्न परमादेश जारी गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

निर्माण व्यवसायी सिंहसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

निर्माण व्यवसायी महासंघका अध्यक्ष रबी सिंहसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ

कोरोना संक्रमितको संख्यामा निरन्तर बृद्धि

काठमाडाैंं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ९९ जनामा

उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

प्रकाशित मिति २०७८ असार १ देखि