राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र जारी गर्ने’



काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको ८ वर्षको लागि विकास ऋणपत्र २०८५ ‘ङ’ बोलकबोलको माध्यमबाट निष्काशन गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथ नेपाली नागरिकले पनि किन्न पाउने छन् ।

यसको ब्याजदर बोलकबोल माध्यमबाट निर्धारण हुने छ । यो ऋणपत्र धितो राखेर कर्जा लिन-दिन पाइने छ । फागुन १८ गते ३ बजेसम्म बोलकबोलको समय रहेको छ ।

ऋणपत्र खरिद गर्न चाहनेले उक्त समयभित्र अनलाइन बिडिङ मार्फत बोलकबोल गर्नुपर्ने छ । यो ऋणपत्र फागुन १९ गते निष्काशन हुनेछ । यसको साँवा २०८५ फागुन १९ गते भुक्तानी हुनेछ । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धीको लागि ८५ प्रतिशत अर्थात साढे ८ अर्ब र अप्रतिस्पर्धीको लागि १५ प्रतिशत अर्थात साढे १ अर्ब छुट्याइएको छ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलोसम्म मिलाएर बाँडफाँड गरिने रकमसम्म कायम भएको कटअफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरलाई सो ब्याजदर र सो ब्याजदर भन्दा तलका सबै बोलवालाहरुलाई ऋणपत्र उपलब्ध गराईने छ ।


यो ऋणपत्र घटीमा ५ हजार र बढीमा कुल निष्काशित रकमको सीमामा बाढाई ५ हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा हुने छ ।

राष्ट्र बैंकबाट इजाजत लिएका ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन् । प्रतिस्पर्धी बोलवालाले खरीद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछिको दुई अंकसम्म मात्र) उल्लेख गर्नु पर्नेछ । बहु ब्याजदरमा समेत बोल गर्न सक्नेछन् । यो ऋणपत्रको दोस्रो बजार कारोबार नेप्से मार्फत मात्र हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको

प्रकाशित मिति २०७८ असार १ देखि