नबिल बैंकले सार्वजनिक गर्याे बचतको बानी बसाल्ने भिडियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नबिल बैंकले सार्वजनिक गर्याे बचतको बानी बसाल्ने भिडियो



काठमाडौं । नबिल बैंकले सर्वसाधारणलाई आफ्ना सेवाहरुको बारेमा जानकारी दिनका लागि एउटा भिडियो सार्वजनिक गरेको छ ।

बैंकले सबै किसिमका ग्राहकहरुको आवश्यकता सुहाउँदो डिपोजिट खाताका बारेमा जानकारी दिनका लागि उक्त भिडियो सार्वजनिक गरेको जानकारी दिएको हो । नेपालीहरुले दशकौंदेखि विश्वास गर्दै आएको नबिल बैंकले जहिले पनि समय सुहाउँदो सेवाहरु प्रदान गरेर आफ्ना ग्राहकहरुको मन जित्दै, ग्राहकहरुलाई ढुक्क बनाउँदै आएको बताएको छ ।

बैंकले सार्वजनिक गरेको भिडियोमा एउटा व्यक्तिको कहानी निकै रोचक ढंगले देखाइएको छ, जसको बच्चैदेखि हरेक कुरा बचाउने बानी थियो र नबिल बैंकको साथ पाएर उक्त व्यक्तिलाई सानैदेखि नबिल बैंकमा पैसा बचत गर्ने बानी लाग्यो । नबिलको बाल बचत खाताबाट सुरु भएको यो क्रम जिन्दगीको उतार–चढाव हुँदै अहिलेको दिनसम्म आई पुग्दा नबिल बैंकको विभिन्न खातामा पुगिसकेको छ । एउटा भरपर्दो बैंकको साथ भयो भने मानिसलाई सुख–दुःखमा भरपर्दो साथ पाइने कुरा यस भिडियो मार्फत् देखाइएको छ ।

नबिल बैंकले बितेका दिनहरुमा ल्याएको भिडियोले जस्तै यो भिडियोले पनि सबैको माया र साथ पाउने अपेक्षा गरिएको बैंकले जानकारी दिएको छ । नबिल बैंकको ३६ वर्षको यात्रामा नबिल बैंकले लाखौंको जीवनमा गहिरो प्रभाव पार्दै आएको छ र यो भिडियोले त्यही कुरालाई सरल ढंगमा चरितार्थ गरेको छ ।

नबिल बैंकले हाल १ सय १९ वटा शाखाहरु, १ सय ८५ वटा एटिएमहरुको विशाल संरचना र १ हजार ५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्डरहरु संगै अघि बढ्ने विश्वास राखेको छ ।

प्रकाशित : १७ फाल्गुन २०७७, सोमबार १६:३०