सुनको आपूर्ति बढाउन महासंघको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको आपूर्ति बढाउन महासंघको माग



काठमाडौं । बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति बढाउन सुनचाँदी व्यवसायीले सरकारसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईसँग भेट गरी कच्चा पदार्थ अभावका कारण बजारमा समस्या देखिएकाले तत्काल सुनको कोटा बढाउन माग गरेको खबर अभियान दैनिकमा छ।

व्यवसायीसँगको भेटमा सचिव भट्टराईले कोटा वृद्धि गरी बजारमा देखिएको अभाव हटाउन पहल गर्ने प्रतिबद्धता जनाए । आपूर्ति कम भएका कारण बजारमा सुन अभाव देखिएको स्वीकार्दै सम्बन्धित निकायसँग परामर्श गरेर समस्या समाधान गरिने उनले जानकारी दिए ।

सचिव भट्टराईले सुनको आपूर्ति व्यवस्था प्रभावकारी नहुँदा अवैध कारोबार फस्टाउन सक्नेतर्फ सरकार सचेत रहेको उल्लेख गरे । सचिव भट्टराईले सुनचाँदी व्यवसाय सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्थाका निमित यसअघि नै मस्यौदा तयार भइसकेकाले छिट्टै कार्यान्वयनमा लगिने बताएको महासंघले जनाएको छ ।

प्रकाशित : १९ फाल्गुन २०७७, बुधबार ०७:४१