नेपाल टेलिकमले कति दिने भो लाभांश ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

नेपाल टेलिकमले कति दिने भो लाभांश ?



काठमाडाै । नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले ४० प्रतिशत अर्थात् प्रति शेयर ४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको उक्त प्रस्तावलाई नेपाल सरकारले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

प्रकाशित : १९ फाल्गुन २०७७, बुधबार १४:२५