राजस्व अनुसन्धान विभागमा मैनालीको ३३ महिना : ७८० प्रतिवादी, साढे ३६ अर्ब बिगो दाबी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राजस्व अनुसन्धान विभागमा मैनालीको ३३ महिना : ७८० प्रतिवादी, साढे ३६ अर्ब बिगो दाबी



काठमाडौं । राजस्व अनुसन्धान विभागमा महानिर्देशकका रुपमा रहेका दीर्घराज मैनालीले आफ्नो ३३ महिने कार्यकालमा राजस्वचुहावट गर्नहरुबाट ३६ अर्ब ६१ करोडको बिगो दाबी सहित मुद्दा चलाइएको जानकारी दिएका छन् ।

विभागबाट विदाई हुँदै गर्दा उनले प्रेस नोट जारी गरी सो जानकारी दिएका हुन् । राजस्व चुहावट तर्फका २२० मुद्दामा ७ सय ८० जनालाई प्रतिवादी बनाई उनीहरुबाट सो रकमको बिगो दाबी गरेको उनले जानकारी दिएका छन् ।

त्यस्तै, ७ अर्बभन्दा बढी बिगो दाबी भएका १७ वटा मुद्दाको राय निर्णयका लागि सरकारी वकिल कार्यलयलाई पठाई अभियोजन गरेको जानकारी दिएका छन् । त्यस्तै, विदेशी विनिमय अपचलनतर्फ ४४० जनालाई प्रतिबादी बनाई १० अर्ब ७२ करोडको बिगो असुल गर्न दाबी गरी मुद्दा दायर गरिएको जानकारी दिएका छन् ।

उनका अनुसार मूल्य अभिवृद्धि कर(भ्याट)का भुटा टथा नक्कली विलबिजकबाट भएको राजस्व छलीको अनुसन्धान गरी विभागले १९ अर्ब भन्दा बढीको बिगो दाबी गरी १ सय ६० वटा मुद्दा चलाएको छ ।

त्यस्तै, आफ्नो कार्यकालमा उनले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ परिमार्जन गरिएको, वेबमा आधारित भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टिम लागू गरी १ लाख १३ हजार प्रयोगकर्ता उक्त प्रणालीमा जोडिएको जानकारी दिएका छन् । त्यस्तै उक्त प्रणालीबाट ४१ खर्बभन्दा बढीको सूचना संकलन भएको १ करोड ५० लाख भन्दा बढी विलविजक प्रणालीमा समावेश भएको जानकारी समेत दिएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले मैनालीलाई अर्थमनत्रालयमा तानेर राजस्वअनुसन्धान विभागमा रामप्रसाद आचार्यलाई महानिर्देशक बनाएका छन् ।

प्रकाशित : १९ फाल्गुन २०७७, बुधबार १९:३२