आयो ग्रीन डेभलपमेण्ट बैंकको आइपिओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आयो ग्रीन डेभलपमेण्ट बैंकको आइपिओ



काठमाडौं  । ग्रीन डेभलपमेण्ट बैंकले जेठ २३ गते अर्थात  अाइतबार अाजदेखि साधारण शेयर निष्काशन गर्दैछ । बागलुङमा मुख्य कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकले १०० रुपैयाँ अंकित दरका ४ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

साधारणशेयर निष्काशनका लागि बैंकले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटललाई नियुक्त गरेको छ । ४ साता अघि धितोपत्र बोर्डबाट शेयर निष्काशनको स्वीकृति पाएको बैंकले ४ करोड ५० लाख रुपैंया बराबरको ४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

बागलुङमा मुख्य कार्यालय रहि बाग्लुङ, म्याग्दी र कास्की गरी ३ जिल्लामा सेवा दिंदै आएको बैंकले चुक्ता पूँजी १० करोड रुपैंया पुर्याउनका लागि साधारण शेयर निष्काशन गर्न लागेको हो । आवेदकले न्युनतम ५० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदकले आवेदन दिन सक्नेछन् ।

कहाँ-कहाँबाट दिने  आवेदन

ipo
गत आर्थिक वर्षमा ११ लाख रुपैंया खुद नोक्सान व्यहोरेकोमा बैंकले यस पटक त्यो नोक्सानलाई नाफामा रुपान्तरण गरि १३ लाख रुपैंया खुद नाफा कमाएको छ । ३३ करोड ६६ लाख रुपैंया निक्षेप संकलन गरेको बैंकले ९ महिनाको अवधिमा २६ करोड ९८ लाख रुपैंया कर्जा प्रवाह गरेको छ ।

बैङकको अहिले बैंकको चुक्ता पूँजी ५ करोड ५० लाख रुपैंया छ । त्यस्तै जारी पूँजी १० करोड र चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँ रहेको छ । साधारण शेयर निष्काशन पश्चात बैंकमा ५५ प्रतिशत संस्थापक तथा ४५ प्रतिशत सर्वसाधारको लगानी रहनेछ । संस्थापक तर्फको सम्पूर्ण रकम चुक्ता भइसकेको र साधारण शेयर जारी गरेपछि बैंकको चुक्तापूँजी १० करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित : २३ जेष्ठ २०७३, आईतवार ०२:४०