महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई पोशाक वितरण



काठमाडाै । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरूबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले सिद्धार्थनगर न. पा.–४, दोगहरामा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत २७० जना बालबालिकालाई विद्यालय पोशाक वितरण गरेको छ ।


सिद्धार्थनगर न.पा. वडा नं. ४ का अध्यक्ष  मुक्ति यादव र बैंकका सञ्चालक समितिका सदस्य राहुल अग्रवालले अभिभावकलाई पोशाक वितरण गरेको उक्त कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक विद्यार्थी संघका पदाधिकारी, सम्पूर्ण शिक्षक, महालक्ष्मी बिकास बैंकका शाखा प्रबन्धक र कर्मचारी तथा विद्यालयका संरक्षकहरुको उपस्थिती रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको

प्रकाशित मिति २०७८ असार १ देखि