लाभांश पारित गर्न टेलिकमले बोलायो साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

लाभांश पारित गर्न टेलिकमले बोलायो साधारणसभा



काठमाडौं । नेपाल टेलिकमले आगामी चैत १३ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा तेह्रौं वार्षिक साधारणसभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई प्रतिसेयर ४० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्ने भएको छ ।

त्यस्तै, सभाले कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्यको निर्वाचन गर्ने भएको छ ।

सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण पारित गर्ने छ ।

प्रकाशित : २० फाल्गुन २०७७, बिहीबार १५:००