प्रिमियममा एफपीओ जारी गर्ने लघुवित्त चिनाैँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रिमियममा एफपीओ जारी गर्ने लघुवित्त चिनाैँ



काठमाडाै । मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र १८ गते बुधबार काभ्रेको बनेपा स्थित पन्चकन्य ब्यांक्वेटमा सभा आह्वान गरेको हो ।

कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ९.२० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४८२९४४ गरि कुल ९.६८२९४४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। सभामा सञ्चालकको नयाँ नियुक्ति र राजीनामाको जानकारी तथा अनुमोदन गर्ने पनि एजेण्डा छ।

यसबाहेक स्वेडा लघुवित्तलाई गाभ्ने एजेण्डा पनि राखिएको छ। स्वेडाका तत्कालिन संस्थापक सेयरधनीलाई पुँजी बढाउन पैसा जम्मा गरिसकेका छन्।

स्वेडालाई गाभेपछि संस्थापक र साधारण सेयरधनीको हिस्सा तलमाथि भए त्यसलाई मिलान गर्न प्रिमियममा एफपीओ जारी गर्ने पनि एजेण्डा साधारणसभामा लगिँदैछ।

प्रकाशित : २४ फाल्गुन २०७७, सोमबार १३:५७