चन्द्रागिरि साकोसको क्षमता अभिबृद्धि तालिम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

चन्द्रागिरि साकोसको क्षमता अभिबृद्धि तालिम



काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले विभिन्न समितिका पदाधिकारीलाई क्षमता अभिबृद्धि तालिम प्रदान गरेको छ । तालिमकाे नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे ।

ढकालले सहकारी ऐन, नियमावलीको व्यक्ति अनुकुल व्याख्या गर्ने गरेकोले मर्म विपरित काम भएको बताए । संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरले यस तालिमले सञ्चालकहरुको क्षमता विकास गरी संस्थाका सदस्यहरुलाई थप प्रभावकारी र सुविधाजनक सेवाहरु प्रवाह गर्ने ज्ञान प्रदान गर्ने बताए ।

संस्थामा हाल १३ हजार सदस्य र २ अर्ब ३४ करोडको कुल सम्पत्ति रहेको जानकारी दिए । संस्था समुदायमा आधारित सहकारीको रुपमा गुणस्तरीय सेवा प्रदान गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले बताए । संस्थाले फागुन २० गते देखि नवनिर्वाचित सञ्चालक र लेखा सुपरिवेक्षण समितिको क्षमता अभिबृद्धि तालिम सुरु गरेको छ । सो कार्यक्रम फागुन २४ गतेसम्म सञ्चालन हुने श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : २४ फाल्गुन २०७७, सोमबार १४:०८