उन्नति सहकार्य लघुवित्तको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

उन्नति सहकार्य लघुवित्तको लाभांश घोषणा



काठमाडाै । उन्नति सहकार्य लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण हुने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १७.८१०३८७२१ प्रतिशतले हुन आउने २ करोड ६६ लाख ३३ हजार ५६ रुपैयाँ ३८ पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी १४ करोड ९५ लाख ३६ हजार ६ सय ५० रुपैयाँ रहेको छ। कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

प्रकाशित : २५ फाल्गुन २०७७, मंगलवार ११:१७