नवीन्द्रराज जोशीको अवस्था बिग्रिएपछि पुनः भेन्टिलेटरमा



काठमाडौ । मष्तिष्कघात भई २०७७ फागुन १४ गते शुक्रबार थापाथलीस्थित यस नर्भिक अस्पतालमा भर्ना हुनुभएका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा अचानक समस्या आएपछि पुनः भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ।


नर्भिक अस्पतालमा भर्ना हुनुभएका उहाँको स्वास्थ्य अवस्थामा सुरुवातका केही दिनमा राम्रो सुधार भए पनि शनिवार बिहानदेखि एक्कासी समस्या आएको हो ।


शनिवार बिहानदेखि उहाँको श्वासप्रश्वास र मुटुको चालमा एक्कासी गडबडी भएपछि अस्पतालले पुनः भेन्टिलेटरमा राखेर उपचार जारी राखेको छ ।

भेन्टिलेटरको सपोर्टमा भए पनि अहिले उहाँको रक्तचाप सामान्य छ भने प्रति मिनेट उनि आफैले ८–१० पटक सास फेरिरहनुभएको छ । ‘आँखाका नानीहरुको प्रतिक्रिया पनि सामान्य नै छ, तर उहाँ अझै कोमामै हुनुहुन्छ ।’ उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले भने ।

मष्तिष्कघात हुँदा रक्तश्राव भई उहाँको टाउकोमा रगत जमेको थियो । यस्ता बिरामीहरुमा उपचारको क्रममा पुनः समस्या आउनु स्वभाविक परिणाम रहेको उनको भनाई छ ।
आज अर्थात फागुन २५, मंगलबार दिउँसो ३ बजेसम्मको उहाँको स्वास्थ्य अवस्था स्थिर, तर जोखिमपूर्ण नै देखिएको छ ।


यसअघि गत सोमबार बिहानबाट उहाँ आफैंले सास फेर्न थाल्नु भएपछि भेन्टिलेटरको फूल सपोर्ट हटाई भेन्टिलेटरको सपोर्ट लगातार कम गर्न थालिएको थियो । बेहोस् अवस्थामा भेन्टिलेटरमा रहेको बिरामीलाई श्वासप्रश्वासमा सहजता होस् भनेर केही दिनअघि नेता जोशीको घाँटीमा सानो प्वाल पार्ने सर्जरी(ट्रयाकियोसटोमी) समेत गरिएको थियो ।


‘उहाँको स्वास्थ्य अवस्थामा तीव्र सुधार आउने हामीले अपेक्षा गरेका छौं ।’ डा. झाले भने ।

 

 

प्रतिक्रिया दिनुहोस
करण चौधरीद्वारा नाडाको अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा

काठमाडाैै । सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स

ग्लोबल आईएमई क्यापिटल सन्ध्याकालीन काउन्टर शुरु

काठमाडाैँ ।ग्लोबल आईएमई क्यापिटल लिमिटेडले आजबाट सन्ध्याकालीन काउन्टर सञ्चालनमा ल्याउने भएको छ। क्यापिटलले

आइएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सुचिकृत

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ७ लाख कित्ता बढी शेयर सुचिकृत भएको

वर्गिकरणको लागि आवश्यक विवरण बुझाउन सूचीकृत कम्पनीलाई नेप्सेको ताकेता

काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित कम्पनीहरुलाई वर्गिकरणका लागि आवश्यक

प्रकाशित मिति २०७८ असार १ देखि