स्वास्थ्य बीमा बारे यि कुरा जानिराखाैँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्वास्थ्य बीमा बारे यि कुरा जानिराखाैँ



काठमाडौं ।  स्वास्थ्य बिमा र जीवन बिमा गर्नेले अबदेखि वार्षिक ४० हजार रूपैयाँको करयोग्य आम्दानीमा छुट पाउने भएका छन् ।  स्वास्थ्य बिमा गरेमा २० हजार रूपैयाँसम्मको प्रिमियमा कर छुट हुनेछ भने सोही व्यक्तिले जीवन बिमा पनि गरेको छ भने थप २० हजार रूपैयाँ बराबरको कर तिर्नुपर्ने आम्दानीमा छुट पाउनेछन् ।
करयोग्य आम्दानीमा जीवन बिमा प्रिमियम तिरेको प्रमाणका आधारमा वार्षिक २० हजार रूपैयाँ र स्वास्थ्य बिमा गरेको प्रमाणका आधारमा अर्को २० हजारसम्म कुट छुट पाउने नयाँ व्यवस्था गरिएको हो ।
1464435657healthinsurance01

विगतमा जीवन बिमा कर छुटको प्रावधान भए पनि स्वास्थ्य बिमासम्बन्धी कुनै पनि प्रावधान थिएन । बजेटमा भएका यी दुई प्रावधानबाट नागरिकको जीवन बिमा र स्वास्थ्य बिमा कार्यक्रमलाई अभियानको रूपमा अघि बढाउन मद्दत पुग्न सक्छ । यसबाहेक यो कार्यक्रमले गति लिएमा बिमा कम्पनीको व्यापार बढाउनसमेत निकै ठूलो सहयोग पुग्ने देखिन्छ ।

जीवन र निर्जीवन दुवै बिमा कम्पनीको व्यापारमा यो कार्यक्रमले आकर्षण बढाउन सक्छ । स्वास्थ्य बिमा निर्जीवन बिमा कम्पनीले गर्न पाएका छन् । पछिल्लो समय शिखर इन्सुरेन्स कम्पनीले यस्तै प्रकृतिको स्वास्थ्य बिमा कार्यक्रम अघि सारेको छ भने लाइफ इन्सुरेन्स सबै जीवन बिमा कम्पनीले गर्दैआएका छन् ।
सरकारले नयाँ बजेटमा अविवाहित र विवाहित दुवैको आम्दानीमा करको सीमा बढाएको छ । जस अनुसार अबदेखि अविवाहितले वार्षिक तीन लाख ५० हजार रूपैयाँसम्म कमाउँदा जम्मा एक प्रतिशतमात्र कर तिरे पुग्नेछ ।
यसैगरी, विवाहितले भने वार्षिक चार लाख रूपैयाँसम्म आम्दानी गर्दा एक प्रतिशतमात्र कर तिर्नुपर्छ । त्यसभन्दा माथिको कमाईमा पनि दुवै थरीका बिमा गरी वार्षिक ४० हजार रूपैयाँसम्मको करयोग्य आयमा छुट हुने भएको हो ।
यस योजनाबाट सर्वसाधारणमा बिमा गर्न समेत प्रोत्साहन मिल्न सक्ने देखिन्छ । कुल जनसंख्यामा बिमा गर्ने १० प्रतिशतभन्दा पनि तल रहेकाले सर्वसाधारणलाई बिमामा आकर्षित गर्न सरकारले नयाँ रणनीति अख्तियार गरेको हो । नयाँ आर्थिक वर्षदेखि यो योजना कार्यान्वयनमा आउनेछ ।

प्रकाशित : २४ जेष्ठ २०७३, सोमबार ०३:३८