लगानीको अर्को अवसर यी कम्पनीले ल्याउँदैछन् आइपिओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

लगानीको अर्को अवसर यी कम्पनीले ल्याउँदैछन् आइपिओ



काठमाडाै । मनकामना स्मार्ट लघुवित्त बित्तिय संस्था लिमिटेडले आइपिओ निस्काशन गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड ( सेबोन ) मा निवेदन दिएको छ। संस्थाले ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आइपियो बिक्रि तथा निस्काशन गर्नको लागि निवेदन पेस गरेको हो। संस्थाले आइपियो निस्काशन तथा बिक्रि गर्ने अनुमति माग्दै २०७७/११/१४ गते नेपाल धितोपत्र बोर्ड ( सेबोन )मा निवेदन दिएको हो। उक्त शेयर निस्कासनको निस्कासन तथा बिक्रि प्रबन्धकको काम एन एम बि क्यापिटलले गर्ने भएको छ।

कम्पनीले सर्बसाधारणलाइ प्राथमिक शेयर निस्काशन तथा बिक्रि गर्नको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड ( सेबोन ) मा निवेदन पेस गरेको छ। नेपाल धितोपत्र बोर्ड ( सेबोन ) ले अनुमति दिए लगतै सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने कम्पनीको तयारि रहेको छ।

नेपाल धितोपत्र बोर्ड ( सेबोन )ले पाइपलाइनमा रहेका सबै कम्पनीलाई एक एक गरि सर्बसाधरणमा प्राथमिक शेयर निस्काशन तथा बिक्रि गर्ने अनुमति दिदै आएको छ। मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था लिमिटेडको केन्द्रीय कार्यालय सिद्धार्थनगर नगरपालिका वडा नं १ , मैत्रीपाद भैरहवा, रूपन्देही मा रहेको छ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाले पनि १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको शेयर निस्काशन गर्न माग गरेको छ । जीवन विकासको शेयर निस्काशन बिक्री प्रबन्धक पनि एनएमबी क्यापिटल रहेको छ ।

यस्तै सयपत्री हाइड्रोपावरले पनि स्थानिय तथा सर्वसाधारणको लागि गरी ९ लाख कित्ता अर्थात ९ करोड रुपैयाँ बराबरको शेयर निस्काशन गर्न अनुमति माग्दै बोर्ड पुगेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटल रहेको छ ।

प्रकाशित : २५ फाल्गुन २०७७, मंगलवार २१:५४