महुली लघुवित्तको चैत २५ गते , यस्ता छन् एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

महुली लघुवित्तको चैत २५ गते , यस्ता छन् एजेन्डा



काठमाडाै । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाको शनिबार फागुन २९ गते गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत २५ गते सप्तरीको महुलीस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजे गर्ने निर्णय गरेको छ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको हाल कायम चुक्तापुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरि कुल २१.०५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।

सभाले बोनस शेयरको हदसम्म जारी पुँजी र चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नुका साथै प्रिमियममा एफपीओ शेयर निष्कासन गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।


सोही सभाले एक वा एकभन्दा बढी वित्तीय संस्थाहरु गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने निर्णय पनि पारित गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले यही चैत १० गते एक दिनका लागि बुक कलोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत ९ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

प्रकाशित : १ चैत्र २०७७, आईतवार १३:५८