उद्योग सङ्गठन मोरङको अध्यक्षमा प्याकुरेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

उद्योग सङ्गठन मोरङको अध्यक्षमा प्याकुरेल



विराटनगर । सुयश प्याकुरेलकाे अध्यक्षतामा उद्योग सङ्गठन मोरङको १४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । सङ्गठनको शनिबार सम्पन्न ४८ औँ साधारणसभाले १७ औँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष प्याकुरेल सर्वसम्मतिबाट छानिएका हुन् ।

विसं २०२४ मा उद्योगी जुद्धबहादुर श्रेष्ठ संस्थापक अध्यक्ष भएर स्थापित सङ्गठनको कार्यसमिति १७ सदस्यीय हुने प्रावधान छ । कम्तीमा एक महिलासहित तीन सदस्य अध्यक्षले मनोनयन गर्ने छन् ।

कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा प्रदीप मुरारका तथा उपाध्यक्षमा राजकुमार गोल्छा, नन्दकिशोर राठी र भोलेश्वर दुलाल एवं कोषाध्यक्षमा विपीन काबरा निर्विरोध छानिका छन् ।

सदस्यमा सुरेन्द्र गोल्छा, सुदीप घिमिरे, तारानाथ निरौला, सौरभ शारडा, सुबोध कोइराला, इन्द्र खत्री राजन, पारस लनियाँ र सुनिलकुमार धनावत सर्वसम्मतिले निर्वाचित भएको सङ्गठनले जनाएको छ ।

प्रकाशित : १ चैत्र २०७७, आईतवार १६:१७