कुमारी बैंकका कार्डवाहकलाई मेरिना ईम्पेक्समा २० प्रतिशत सम्म छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

कुमारी बैंकका कार्डवाहकलाई मेरिना ईम्पेक्समा २० प्रतिशत सम्म छुट



काठमाडाै । कुमारी बैंक लिमिटेड र मेरिना ईम्पेक्सबीच मेरिना इम्पेक्सबाट प्रदान गरिने सिलाई सम्बन्धी सेवाहरुमा कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।


उक्त सहकार्य पश्चात मेरिना इम्पेक्सले काठमाडौंको बागबजार, नयाँ सडक, ललितपुरको गाबहाल लगायत विभिन्न शाखाहरुबाट सर्टिङ्ग, सुटिङ्ग लगायत सम्पूर्ण सिलाई सम्बन्धी सेवाहरुमा बैंकको डेबिट÷क्रेडिट कार्डवाट भुक्तानी गरेमा कार्डवाहकहरुले २० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य तथा मेरिना ईम्पेक्सका तर्फबाट प्रबन्ध निर्देशक गोकुल खड्काले हस्ताक्षर गरेका हुन ।


कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित : १ चैत्र २०७७, आईतवार १८:१४