राष्ट्र बैंकले ६अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

राष्ट्र बैंकले ६अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनको अवधिको लागि ४ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

ट्रेजरी बिल आज दिउँसो ३ बजे बोलकबोल भएर भोलि चैत्र ३ गते, बिक्री हुनेछ । उक्त ट्रेजरी बिल २०७८ साल असार १ गते परिपक्क हुने जनाएको छ ।

त्यस्तै, बैंकले १८२ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल भदौ २९ गते परिपक्क हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : २ चैत्र २०७७, सोमबार १२:३८