आइपीओ जारी गर्न सर्वोत्तम सिमेन्टले तोक्यो बिक्री प्रबन्धक



काठमाडौं । आइपीओ जारी गर्नका लागि सर्वोत्तम सिमेन्टले बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

बुधबार एक कार्यक्रमको आयोजना गरी सर्वोत्तमले आईपीओ जारी गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको हो ।

कम्पनीले प्रभु क्यापिटल र एनआइबिएल एस क्यापिटललाई सहायक बिक्री प्रबन्धक समेत नियुक्त गरेको छ । सर्वोत्तमले बुक विल्डिङको माध्यमबाट आईपीओ जारी गर्ने तयारी गरेको छ ।

आइपीओ जारी गरेको ३ महिनाभित्रै ३५ प्रतिशतसम्म लाभांश दिने समेत कम्पनीले दावी गरेको छ ।

३ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीले १५ प्रतिशत अर्थात ६० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्दैछ ।

७५० रुपैयाँ प्रतिकित्ता हुने गरी यसले आईपीओ जारी गर्ने कम्पनीकाे तयारी छ ।

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको

प्रकाशित मिति २०७८ असार १ देखि