एक अर्बको बराबरको आइपिओ आउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

एक अर्बको बराबरको आइपिओ आउँदै



काठमाडाै । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेड र ग्रीन भेन्चर्स हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ जारी गर्ने नेपाल धितोपत्र बोर्डलाई अनुमति मागेको छ।

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय र सर्वसाधारणको लागि ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँबराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन २५ गते, मंगलबार नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेकाे हाे ।

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

ग्रीन भेन्चर्स हाइड्रोपावर कम्पनी लिमिटेडले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन २८ गते, शुक्रबार नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेकाे हाे ।

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रकाशित : ५ चैत्र २०७७, बिहीबार १४:२०