युनाईटेड फाईनान्सको २४ औं शाखा धनगढीमा



काठमाडाै । युनाईटेड फाईनान्स लिमिटेडले सुदुरपश्चिम प्रदेशकै पहिलो शाखाको रुपमा धनगढी, कैलालीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

फाईनान्सले बिहीबार देखि कैलाली जिल्ला धनगढी चौराहामा आफ्नो २४ औं शाखा सञ्चालनमा ल्याएको हो ।

बिहीबार आयोजित उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघ, कैलालीका अध्यक्ष पुष्पराज कुवर र फाईनान्सका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले संयूक्त रुपमा उद्घाटन गरे ।

सोही कार्यक्रममा फाईनान्सका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले बैंकिङ्ग प्रणालीमा सबैको पहुँच पु¥याउनका लागि बैंकिङ्ग प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताए ।

नयाँ शाखा सञ्चालनमा आएसँगै फाईनान्सको शाखा कार्यालयको संख्या २४ पुगेको छ ।

युनाईटेड फाईनान्स लिमिटेडले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा मार्फत आफ्ना ग्राहकहरु माझ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको
छ । साथै यस फाईनान्समा भारतको प्रतिष्ठित कम्पनी मुथुट फाईनान्सको समेत लगानी रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने भएका छन् । प्रदेश रजिष्ट्रार कार्यालयले कोरोना भाईरस

सहकारीलाई विवरण बुझाउन ताकेता

काठमाडाै् । आर्थिक वर्ष ०७६/७७ को विवरण बुझाउन प्रदेश एक सहकारी कार्यालयले ताकेता

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रकाशित मिति २०७८ असार १ देखि