धितोपत्र बोर्डले पायो एएनएनएको सदस्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

धितोपत्र बोर्डले पायो एएनएनएको सदस्य



bordकाठमाडौं। नेपाल धितोपत्र बोर्डले एशोसियशन अफ नम्बरिङ एजेन्सी (Association of National Numbering Agencies) को ९२ औं सदस्य बन्न सफल भएको छ । धितोपत्र बजारको अन्तराष्ट्रियकरण गरी स्तर अभिवृद्धि गर्ने नेपाल धितोपत्र बोर्डको नीति अनुरुप नेपालले एएनएनएको सदस्य पाएको धितोपत्र बोर्डको भनाई छ ।

सन् १९९२ मा स्थापित, जर्मनीमा मुख्य कार्यालय रहेको ब्ल्ल्ब् को यही जुन २-३ मा आर्मेनीयाको राजधानी यरेभानमा भएको वार्षिक साधारण सभाले नेपाललाई सदस्यता प्रदान गरेको हो ।

ANNA  मा हाल नेपाल लगायत ९२ पूर्ण सदस्य तथा अन्य २५ Partner रहेका छन् । बोर्ड सन् २०१० देखि ANNA को Partner रही आएकोमा बोर्डले मिति २०६९जेठ १ मा सिडिएस एण्ड क्लियरिङ्ग लि.लाई International Securities Identification Number(ISIN)  प्रदान गर्ने अधिकार दिएको तथा मिति २०७२ पुस २६ मा ब्ल्ल्ब् को सदस्यता लिनको लागि तोकेको थियो ।

एएनएनको सदस्य प्राप्त गरेसँगै सिडिएस एण्ड क्लियरिङ्ग लि.ले एएनएनको सदस्यको रुपमा National Numbering Agency (NNA)को कार्य गर्नेछ ।

एएनएनएको सदस्यतावाट नेपालको धितोपत्र बजारको विश्वभरका लगानीकर्ताहरु माझ पहिचान हुने, वित्तीय साधनको पहिचान सम्बन्धी अन्तर्राष्ट्रिय स्तर विकासको अवसर प्राप्त हुने तथा अन्य सदस्यको ISIN लगायतका तथ्याङ्कहरुमा सहज पहुंच हुने जस्ता महत्वपूर्ण फाइदाहरु हुने भएको धितोपत्र बोर्डका अध्यक्षको भनाई छ । उनले नेपाल धितोपत्र बोर्डले एएनएनएको सदस्यता पाएसँगै नेपालको धितोपत्र बजारको अन्तर्राष्ट्रियकरण भई स्तर अभिवृद्धि हुनेमा बोर्ड विश्वस्त रहेको समेत बताए ।

ANNA Numbers the World भन्ने मान्यता लिएको ANNA ले विश्व धितोपत्र सम्बन्धी उद्योगको फाइदाको लागि विश्वमा उपलब्ध धितोपत्रको चिनारी दिने, धितोपत्र तथा अन्य वित्तीय साधनहरुको विश्वस्तर विकास तथा प्रवद्र्धन गर्ने, International Organisation for Standards (ISO) को स्तर विकास प्रकृयामा योगदान गर्ने तथा विकसित स्तरहरुको शीघ्र, यर्थार्थ तथा गुृणस्तरीय प्रयोगलाई सुनिश्चित गर्ने जस्ता महत्वपूर्ण कार्यहरु गर्दै आएको छ ।

एएनएनएको हालै सम्पन्न वार्षिक साधारण सभामा बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्कीको नेतृत्वमा निर्देशक डा.नबराज अधिकारी, नेपाल स्टक एक्सचेञ्ज लि.का महांप्रबन्धक सिताराम थपलिया तथा सिडिएस एण्ड क्लियरिङ्ग लि.का प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताको टोलीले भाग लिई बोर्डका अध्यक्ष डा.कार्कीले नेपालको धितोपत्र बजार र सिडिएस तथा क्लियरिङ्ग लि.का प्रमुख कार्यकारी अधिकृत श्री गुप्ताले ISIN प्रदान गर्ने कार्यमा भएको प्रगति सम्बन्धमा प्रस्तुतीकरण समेत गरेका थिए ।

प्रकाशित : २५ जेष्ठ २०७३, मंगलवार ०३:३९