यसरी बनाउनुहाेस स्मार्टफोनलाई भाइरस मुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यसरी बनाउनुहाेस स्मार्टफोनलाई भाइरस मुक्त



travel-appsतपाइँको स्मार्टफोन हरेक समय इन्टरनेट सँग जोडिएको हुन्छ  भने स्मार्टफोनमा भाइरस आक्रमणको खतरा पनि हरेक समय रहिरहेको हुन्छ । कहिलेकाहीँ ह्याकरहरुका कारण तपाइँको स्मार्टफोनमा भाइरस पुग्नसक्छ । अक्सर यो सल्लाह दिने गरिन्छ की यदि फोनमा भाइरस छिर्यो भने फोनलाई फ्याक्ट्री रिसेट गर्नुपर्छ ता की भाइरसलाई पूर्ण रुपमा दूर गर्न सकियोस् ।

तथापि फ्याक्ट्री रिसेट गर्नुमा यो समस्या रहन्छ की तपाइँको स्मार्टफोनमा भएका डाटा, गेम्स, फोटो, मेसेजन आदि सबै मेटिन्छन् ।

त्यसैले फोनलाई फ्याक्ट्री रिसेटको अवस्थासम्म पूराउनै नपर्ने गरी भाइरस मुक्त राख्ने केही उपाय छन् ।

पहिले यो थाहा पाउनुहोस् की के तपाइँको स्मार्टफोनमा कुनै एप चलाउँदा मात्र भाइरसको समस्या देखा पर्दछ ? के तपाइँले गुगल प्ले स्टोरका अलावा अन्य साइटहरुबाट समेत एप डाउनलोड गर्नुहुन्छ ? यदि त्यसो हो भने तपाइँले अब सुरक्षाका उपाय अपनाउनुपर्नेछ ।

सबैभन्दा पहिले स्मार्टफोनमा एन्टी भाइरस इन्स्टल गरी आफ्नो स्मार्टफोन स्क्यान गर्नुहोस् । स्मार्टफोनका लागि गुगल प्ले स्टोरमा विभिन्न थरी एन्टी भाइरस एप रहेका छन् । तपाइँले कुनै एक छान्न सक्नुहुन्छ ।

एन्ड्रोइड स्मार्टफोनलाई सेफ मोडमा पनि बूट गर्न सकिन्छ । त्यसपछि तपाइँले विस्तारै फाइल छान्दै डिलिट गर्दै गर्न सक्नुहुन्छ । जब स्मार्टफोन सेफ मोडमा चल्दछ तब सबै एपले काम गर्न बन्द गर्दछन् र डाटा कनेक्सन पनि बन्द हुन्छ ।

एन्ड्रोइड ४ वा त्यसपछिका अपरेटिंग सिस्टमवाला स्मार्टफोनमा सजिलै सँग सेफ मोडमा बूट गर्न सकिन्छ । तर पूराना डिभाइसमा पनि गर्न नसकिने चाहीँ होइन । पूराना डिभाइसमा गर्नको लागि सबैभन्दा पहिले स्मार्टफोनलाई अफ गर्नुहोस् र त्यसपछि अनअफ बटनलाई केही समयसम्म थिचिरहनुहोस् ।

जब तपाइँले स्त्रिmनमा स्मार्टफोनको लोगो देख्नुहुन्छ तब भोल्यूम बटनलाई दबाउनुहोस् जबसम्म डिभाइसको बूटिंग पूरा हुँदैन । त्यसपछि तपाइँको स्मार्टफोन सेफ मोडमा जान्छ ।

एन्ड्रोइड ४ पछिका स्मार्टफोनका ागि आफ्नो डिभाइसको अन अफ बटनलाई दबाइरहनुहोस् जबसम्म एक पपअप देखिँदैन । त्यसपछि ओके क्लिक गर्नुहोस् । यसो गरेसँगै स्मार्टफोन सेफ मोडमा बूट हुन्छ ।

त्यसपछि तपाइँले आफ्नो स्मार्टफोनबाट ती फाइलहरु डिलिट गर्न सक्नुहुनछ जुन आवश्यक पर्दैन । डाउनलोड गरेका अनावश्यक एपहरु पनि डिलिट गर्नुहोस् ।

स्मार्टफोनलाई यसरी बूट गरेसँगै स्मार्टफोनमा भाइरसको समस्या नियन्त्रणमा आउनेछ ।

अनलाइन खबर बाट साभार ।

प्रकाशित : २५ जेष्ठ २०७३, मंगलवार ०४:५६