एनआईसी एशिया लघुवित्तकाे एकीकृत कारोबार सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया लघुवित्तकाे एकीकृत कारोबार सुरु



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार आइतबारबाट सुरु भएको छ । दुई संस्था गाभिएपछिको पहिलो एकीकृत कारोबार आइतबार एक समारोहकाबीच शुभारम्भा गरिएको कम्पनीले जनाएको छ ।

जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एन आईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र सुनसरीको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका बीच मर्जर भई कारोबार सुरु भएको हो ।

गत साउन ३२ गते यी दुई संस्था बिच मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई मिति कात्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएको थियो । पुस १० गते मर्जरसम्बन्धी अन्तिम सम्झौता भई दुबै संस्थाको माघ ४ गते छुट्टाछुट्टै बार्षिक साधारण सभाबाट पारित भएको थियो

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु भएको हो । एन आईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष लालमणी जोेशीले संयुक्त रुपमा एकीकृत कारोबार शुभारम्भ गरेका हुन् ।

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लामा समेत गरी कूल १५० शाखा छन् । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल भरि ८५ शाखा संचालनमा रहेका छन् । मर्जर पश्चात कुल शाखा संख्या २२३ शाखा कार्यालयबाट १ लाख ३५ हजारभन्दा बढी सदस्य पुगेको संस्थाले जनाएको छ ।

संस्थाको पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० लाख पुगेको र कर्जा लगानी रु १५ अर्ब भन्दा माथि पुगेको जनाएको छ ।

प्रकाशित : ९ चैत्र २०७७, सोमबार ०८:२१