शेयर बजार २४ अंकले ओरालो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

शेयर बजार २४ अंकले ओरालो लाग्यो



काठमाडाै । शेयर बजार परिसूचक नेप्से साेमवार २४ अंकले घटेको छ । होटल तथा पर्यटन र व्यापारबाहेक अन्य सबै समूहको शेयर ओरालो लागेपछि नेप्से २४ दशमलव शून्य आठ अंकले घटेर २५ सय १४ दशमलव ३९ विन्दुमा झरेको छ ।

साेमवार बैंकिङ समूहको शेयर २१ अंकले, विकास बैंकको १९ अंकले, फाइनान्स समूहको आठ, माइक्रो फाइनान्सको ९२, उत्पादनको एक सय २९, अन्यको ३०, जीवन बीमाको तीन सय १५ र निर्जीवन बीमा समूहको शेयर एक सय ८३ अंकले घटेको छ ।

दुई सय ११ कम्पनीका एक करोड नौ लाख ३१ हजार कित्ता शेयर पाँच अर्ब ३५ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै माथिल्लो तामाकोशीको ४६ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रुडेन्टियल इन्स्योरेन्स र सपोर्ट लघुवित्त कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि माथिल्लो तामाकोशी जलविद्युत् र चन्द्रागिरि हिल्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रकाशित : ९ चैत्र २०७७, सोमबार १६:३३