काष्ठमण्डपले पश्चिमाञ्चल फाइनान्स किन्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

काष्ठमण्डपले पश्चिमाञ्चल फाइनान्स किन्ने



1192263786_1465287623काठमाडाै । काष्ठमण्डप डेभलमपेन्ट बैंक लिमिटेडले पश्चिमाञ्चल फाइनान्स कम्पनीलाई पनि खरीद गर्ने भएको छ । काठमाडौको पाको न्यूरोडमा केन्द्रिय कार्यालय रहेको ‘ ख ’ वर्गको राष्ट्रिय स्तरको विकास बैंक काष्ठमण्डप डेभलपमेन्ट बैंक र रुपन्देही जिल्लाको बुटवलमा केन्द्रीय कार्यालय रहेको ‘ ग ’ वर्गको पश्चिमाञ्चल फाइनान्स लिमिटेड बीच सो सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा काष्ठमण्डपका अध्यक्ष जगन्नाथ ज्ञवाली र पश्चिमाञ्चलका अध्यक्ष गोपालवहादुर पोखरेलले हस्ताक्षर गरेका छन् । राष्ट्र बैंकद्वारा जारी निर्देशन बमोजिम २०७४ आषाढ मसान्तसम्म राष्ट्रिय स्तरको विकास बैंकका लागि निर्धारित २ अर्ब ५० करोड पुँजी पुर्याउने क्रममा दुई संस्था बीच यो सम्झौता भएको हो ।

काष्ठमन्डपले गत जेठ १७ गते महाकाली विकास बैंकसँग पनि खरीद सम्झौता गरेको थियो । महाकाली खरिद गरी सुदुरपश्चिमाञ्चलमा पनि आफ्नो सेवा पुर्याएको बैंकको पश्चिमाञ्चल प्रािप्त गरेपछि पश्चिमाञ्चलको स्याङ्जा, पाल्पा लगायत मध्यपश्चिमाञ्चलमा पनि पहुँच पुग्ने छ । हाल १९ वटा शाखा मार्फत काठमाडौ उपत्यका लगायत सगरमाथा अञ्चलको नाम्चेबजारसम्म आधुनिक बैंकिङ्ग सेवा प्रदान गरिरहेको काष्ठमण्डप डेभलपमेन्ट बैंकले मुलुकभर सञ्जाल विस्तार गरी सेवा प्रदान गर्ने लक्ष्य सहित विभिन्न वित्तीय संस्थासँग छलफल गरिरहेको छ ।

हालसम्म प्राप्ति सम्झौता भैसकेका महाकाली विकास बैंकका ७ र पश्चिमाञ्चल फाइनान्स लिमिटेडका ९ शाखा समेत प्राप्ति पश्चात बैंकको कूल शाखा संख्या ३५ पुग्नेछ । बैंकको   आगामी पुस मसान्तमा बैंकको पुंजी १ अर्ब ८० करोड पु¥याउने योजना रहेको छ ।

प्रकाशित : २५ जेष्ठ २०७३, मंगलवार ०८:२८