नेप्सेको कारोबारमा सामान्य सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेप्सेको कारोबारमा सामान्य सुधार



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सूचकांक १४ दशमवल ५७ अंकले बढेको छ । मंगलबार नेप्सेको कारोबारमा सामान्य सुधार आएको हो । मंगलबार ५ अबं १४ करोड बराबरको कारोबार भएको छ ।

निर्जीवन बीमा कम्पनी उपसमूह सबैभन्दा बढी १७४.०४ अंकले बढेको छ भने जिवन बीमा कम्पनी ९८.७८ अंकले घटेको छ । १४ दशमलब ५७ अंकले नेप्सेमा वृद्धि हुँदा पनि दश कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेर कारोबार भइरहेको छ ।

चन्द्रागिरि हिल्स, साल्ट टेडिंग,रसुवा गढिहाइडो पावर,कालिका पावर, सान्जेन जलविद्युत,वोमी माइक्रो फाइनान्स,अपर तामाकोशी जलविद्युत,माहुली लघुवित्त,रैरांग जलविद्युत र सूर्यदय लघुवित्तको शेयरमा दश प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लागेको हो ।

प्रकाशित : १० चैत्र २०७७, मंगलवार १५:१४