नेपाली र पाकिस्तानी व्यवसायीबीच ‘बायस —सेलर्स मिट’ गर्न प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

नेपाली र पाकिस्तानी व्यवसायीबीच ‘बायस —सेलर्स मिट’ गर्न प्रस्ताव



काठमाडौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठसहितका पदाधिकारी र नेपालका लागि पाकिस्तानी राजदूत हैदर शाहबीच भेटवार्ता भएको छ ।

चेम्बर भवन कान्तिपथमा बुधबार भएको भेटमा दुई देशबीच आर्थिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको छ ।

छलफलमा नेपाल चेम्बर अफ कमस{का अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा औद्योगिक तथा व्यावसायिक वातावरण बनाउन चेम्बरले नेतृत्वदायी भूमिका खेलेको जानकारी गराए । उनले नेपाली उद्योगी व्यवसायीहरू पाकिस्तानसँग आर्थिक सम्बन्ध विस्तार गर्न इच्छुक रहेको बताउँदै नेपालमा लगानी गर्न आग्रह गरे ।

नेपालमा जलविद्युत, पर्यटन, कृषि, जडिबुटी, खानी लगायतका क्षेत्रमा लगानीकर्ता आकर्षित गर्न राजदूत शाहलाई सुझाव दिए ।

चीनले नेपाललाई आठ हजार बस्तुहरूमा दिएको भन्सार सुविधाका कारण पनि नेपालमा लगानीको उपयुक्त वातावरण रहेको उनले जानकारी गराए ।

अध्यक्ष श्रेष्ठले व्यावसायिक वातावरण विस्तार गर्न नेपाली र पाकिस्तानी व्यवसायीबीच‘बायस —सेलर्स मिट’ गर्न प्रस्ताव गरे ।


नेपालका लागि पाकिस्तानका राजदूत शाहले पाकिस्तानले नेपालसँग विभिन्न क्षेत्रमा सम्बन्ध स्थापित गर्न चाहिरहेको जानकारी दिँदै चेम्बरजस्ता निजी क्षेत्रका संस्थाहरूले उल्लेखनीय भूमिका निर्वाह गर्न सक्ने उल्लेख गरे ।

पाकिस्तानी राजदूतले नेपालमा लगानीका सम्भावना र प्रमुख क्षेत्रहरूबारे चासो व्यक्त गरेका थिए । चेम्बर पदाधिकारी र राजदूतबीच दुई देशका बीचमा रहेका व्यापारिक कठिनाईका बारेमा पनि विवेचना भएको छ ।

प्रकाशित : १२ चैत्र २०७७, बिहीबार १३:१७