एक करोड १४ लाख कित्ता सेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

एक करोड १४ लाख कित्ता सेयर सूचीकृत



काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साता ४ कम्पनीको एक करोड १४ लाख कित्ता सेयर सूचीकृत भएको छ।

नेप्सेमा यो साता वोमी लघुवित्त, बुटवल पावर कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स र सनराइज बैंकको सेयर सूचीकृत भएको हो ।

आइतबार वोमी लघुवित्तको ५ लाख ७ हजार ४२० कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । ग्रामिण स्वयंसेवक लघुवित्त वित्तीय संस्थासँगको मर्जर पश्चात कायम उक्त सेयर वोमी लघुवित्तको नाममा सूचीकृत भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार नेप्सेमा बुटवल पावर कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार बुटवल पावर कम्पनीको १० प्रतिशत बोनस बापत २६ लाख ७४ हजार ७८७ कित्ता सेयर सूचीकृत भएको छ ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस सेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस वापतको ३० लाख ८२ हजार ६२६.५३ कित्ता बोनस सेयर सूचीकृत गराएको हो ।

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा बिहिबार सनराइज बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार बैंकको ५.८० प्रतिशत बोनसवापतको ५२ लाख एक हजार ३३०.६३ कित्ता सेयर सूचीकृत भएको हो ।

प्रकाशित : १४ चैत्र २०७७, शनिबार १९:२७