अजोड इन्स्योरेन्सले आर्थिक अपराध गर्‍योः लगानीकर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

अजोड इन्स्योरेन्सले आर्थिक अपराध गर्‍योः लगानीकर्ता



काठमाडाै । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले इन्साइडर ट्रेडिङ गरी आर्थिक अपराध गरेको आरोप लगानीकर्ताहरुले लगाएका छन् ।

कम्पनीकाे उच्च व्यवस्थापनले ५० प्रतिशत हकप्रद घाेषणा पुर्व नै आफन्त र नातेदारका नाममा ठुलाे परिमाणमा सेयर खरिद गरेर मात्रै सूचना प्रकाशन गरेकाे देखिएकाे लगानीकर्ताको आरोप छ ।

धिताेपत्र बजारमा यसरी भित्री सूचनाकाे आधारमा गरिएकाे काराेबारलाई इन्साइडर ट्रेडिङ भनिने र याे आर्थिक अपराध रहेकाे उजुरीमा उल्लेख छ ।

उनिहरुले भनेका छन् – “अनियमिततामा संलग्न कम्पनीका ४ जना सञ्चालक, सीइओ, अध्यक्ष र सचिवलाई नियन्त्रणमा लिई आवश्यक छानबिन गरिदिन आग्रह गर्दै लगानीकर्ताले उजुरी दर्ता गरेका हुन् ।”

प्रकाशित : १७ चैत्र २०७७, मंगलवार १८:१६