५६ हजार २७० कित्ता शेयर लिलामीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

५६ हजार २७० कित्ता शेयर लिलामीमा



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको ५६ हजार २७० कित्ता संस्थापक शेयर चैत १८ गते (आज) देखि लिलामीमा विक्री खुला भएको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर वैशाख २१ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी बिक्री खुला भएको हो ।

यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ७९१ तोकिएको छ । तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यो शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बोलपत्र पेश गर्न सक्नेछन् । तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेश भएको आवेदन स्वतः रद्द हुने बैंकले जानकारी दिएको छ ।

शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम ५०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर प्राप्त गर्ने आवेदकले कम्पनीले चैत १८ गतेपश्चात घोषणा गर्ने हकप्रद शेयर, बोनस शेयर तथा लाभांश प्राप्त गर्न सक्ने समेत बैंकले प्रष्ट पारेको छ । शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : १८ चैत्र २०७७, बुधबार १२:१३