हुन्डाई नयाँ वर्ष २०७८ योजना सार्वजनिक



काठमाडाै । हुन्डाईका लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले आफ्नो नयाँँ वर्ष योजना “ यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं” सार्वजनिक गरेको छ ।


यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ ।

यो योजना अन्तर्गत हरेक खरिदमा ग्राहकमहानुभावहरुले आकर्षक नगद छुट, स्क्रयाच कार्ड मार्फत रु.२०,००० देखि ७८,००० सम्मको अतिरिक्त छुट, रु.१५,००० बराबरको लोयल्टी बोनस, रु. १,००,००० सम्मको एक्सचेन्ज बोनस तथा १ वर्षको बीमा सुविधा प्राप्त गर्न सकिन्छ ।

हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ ।


लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा. लि. ले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादकमध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने भएका छन् । प्रदेश रजिष्ट्रार कार्यालयले कोरोना भाईरस

सहकारीलाई विवरण बुझाउन ताकेता

काठमाडाै् । आर्थिक वर्ष ०७६/७७ को विवरण बुझाउन प्रदेश एक सहकारी कार्यालयले ताकेता

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रकाशित मिति २०७८ असार १ देखि