ऐन संशोधन नभए कार्यान्वयन हुँदैनः कँडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

ऐन संशोधन नभए कार्यान्वयन हुँदैनः कँडेल



काठमाडाै । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी ऐन २०७४ कार्यान्वयन गर्न समस्या भएको बताएका छन ।

जिल्ला सहकारी संघ काठमाडौं र शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै उनले तत्काल ऐन संशोधन नभए कार्यान्वयन गर्न नसकिने उनको भनाइ छ ।


सहकारीलाई उत्पादनमा जान आवश्यक भएको बताए । सहकारी सामाजिक व्यवसाय भएको भन्दै मर्यादित बनाउन यसपालीको नारा तय गरिएको बताए ।

कतिपय प्रदेशले सार्वजनकि, निजी, सहकारी ऐन ल्याउन लागेको भन्दै ऐन आएपछि उत्पादन क्षेत्रमा सहकारीलाई लगानी गर्न सहज हुने बताए ।

सदस्य उद्यमी बनाउनेगरी परियोजनामा ऋण लगानी गर्नुपर्ने उनले बाताए । वित्तीय र उत्पादनमा सहकारीले संसारभर काम गरेको भन्दै नेपालमा पनि दुवै अभ्यास भइरहेको बताए ।


मुख्य कारोबार कार्यान्वयन गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ । सहकारीले वित्तीय कारोबार गर्ने भएकाले वित्तीय अनुशासन पालना गर्नुपर्ने उनले बताए । संघीयतापछि राज्यको भूमिका खुम्चिएकोले सहकारीको विकासमा समस्या आएको उनको भनाइ छ ।

सहकारी डिजिटलमा जानै पर्ने उनले बताए । सदस्य संघ ब्यवसायिक नभएकाले ३५ जिल्ला संघको रणनीति बनाएर लागिएको उनले बताए ।

सहकारीको विकासका लागि भिजन पेपर तयार गर्न लागेको र यसले जिल्ला संघको अवस्था सुधार हुने उनले बताए । ‘संघको अध्यनन भएको छ,’उनले भने,‘अति समस्या भएका संघ खारेज समेत गर्न सकिने छ।’


कोपोमिस गज्याङमज्याङ भएको भन्दै कर्जा सूचना केन्द्र सञ्चालन गर्न छुट्टै युनिट चाहिने उनले बताए ।

प्रकाशित : २३ चैत्र २०७७, सोमबार १८:४६