सहकारीलाई बचत तथा ऋणमा मात्र रुपान्तरण गर्ने बाध्यकारी व्यवस्था मान्य छैनः उप्रेती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

सहकारीलाई बचत तथा ऋणमा मात्र रुपान्तरण गर्ने बाध्यकारी व्यवस्था मान्य छैनः उप्रेती



काठमाडाै । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी ऐन २०७४ कार्यान्वयनमा कडाइ गरे सबै सहकारी बचत तथा ऋणमा रुपान्तरण हुने बताए ।

जिल्ला सहकारी संघ काठमाडौं र शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै उनले ऐनको मुख्य कारोबारको प्रतिशत व्यवहारिक नभएको भन्दै उक्त व्यवस्था कडाइ गर्न खोजे ९० प्रतिशत भन्दा बढी सहकारी बचत तथा ऋण कारोबारमा रुपान्तरण हुने बताए ।

‘ऐन कार्यनयन हुनु पर्छ’ उनले भने,‘सहकारीले नाम अनुसार काम गर्नुपर्छ’ । बहुउद्देश्यीयले बचतका साथै अर्को काम गर्नेपर्ने र त्यसो गर्र्नै नसके बचतमा रुपान्तरण हुनुपर्ने उनले बताए ।


सहकारीलाई बचत र ऋण गर्नैपर्ने रहर हटाएर उत्पादन र प्रशोधनमा जानैपर्ने उनको भनाइ छ । शहरी क्षेत्रमा र बचतमा सहकारीमा बढी समस्या भएको भन्दै बचत तथा ऋणमै रुपान्तरण गर्न बाध्य हुनेगरी ऐन कार्यान्वयन उचित नभएको उनको भनाइ छ ।


मर्यादित व्यवसाय र प्रबिधिमा सहकारी कार्यनयन हुने अध्यक्ष उप्रेतीले बताए । ‘सहुलियत कर्जा हामीलाई दिइएन’ उनले भने,‘ हाम्रो बाणिज्य बैंकसँग प्रतिश्पर्धा हो।’ उनले भने । बैंकले ४ प्रतिशत स्प्रेदडरमा कर्जा प्रवाह गरिरहेको र कृषिमा ६ प्रतिशतमै लगानी गरेको जानकारी दिए ।

प्रकाशित : २३ चैत्र २०७७, सोमबार १९:०६