उद्यमी बन्न चाहनेलाई फाइदै फाइदा, जेठ ३० गते ‘बृहत आर्थिक कार्यक्रम’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

उद्यमी बन्न चाहनेलाई फाइदै फाइदा, जेठ ३० गते ‘बृहत आर्थिक कार्यक्रम’



889954050_1465388782काठमाडौं । ‘समृद्धि संम्भव छ, सुरुवात आजैबाट गरौं’ भन्ने मुल नाराका साथ यहि जेठ ३० गते काठमाडौंमा ‘समृद्धिको बाटो नामक बृहत आर्थिक कार्यक्रम सम्पन्न हुने भएको छ । निजी क्षेत्र, सरकार र सहकारीबीचको सहकार्यमा उक्त कार्यक्रम मिडिया इन्टरनेसनलले आयोजना गर्न लागेको हो ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुन गइरहेको सो आर्थिक कार्यक्रमम नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र, राष्ट्रिय व्यापार संघ, नेपाल हस्तकला महासंघ, नेपाल कफी व्यबसायी महासंघ, राष्ट्रिय उद्योग व्यापार महासंघ र फुटवेयर एसोसिएसनको सहकार्य रहेको छ ।

जेठ ३० गते आइतबार बिहान ११ बजे कार्यक्रम सुरु हुने छ । कार्यक्रममा मुलुकमा कुन कुन उद्योगको सम्भाव्यता कस्तो छ भन्ने बारे तथा कुन ठाउँमा कुन किसिमको व्यबसायीक कृषि सम्भव छ भन्ने बारे पनि जानकारी गराइने छ ।  कार्यक्रममा सूचनामूलक स्टलहरुको समेत प्रदर्शन गरिने छ । स्टलहरु विहान ११ देखि साँझ ५ बजेसम्म सञ्चालन हुने छन् । कार्यक्रममा विभिन्न उद्यमीका सफलताका कथालाई डकुमेन्ट्री मार्फत निशुल्क रुपमा देखाईने कार्यक्रम संयोजक माधव निर्दोषले पत्रकार सम्मेलनमा जानकारी दिए । साथै उनले  उद्यम व्यवसायीलाई उत्साहित गर्न आफूहरुले यो कार्यक्रम  आयोजना गर्न लागेको पनि स्पष्ट गरे ।
कार्यक्रममा देशभरबाट आएका सहकारीकर्मी, आर्थिक क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरु, उद्यमी व्यबसायी तथा नेपाल सरकारका सम्बन्धित व्यक्तिहरु, गर्भनर आदीसँग अन्तरक्रिया राखिने छ । कार्यक्रमका बारेमा जानकारी दिन आयोजीत गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष श्याम भण्डारीले अरुको पछि नलागेर आफैबाट  काम गरौं, परिवर्तन संम्भव छ भन्ने कुराको आभास दिलाउन जेठ ३० गतेको कार्यक्रम सफल हुने बताए । उनले नेपालको कफी विश्वकै उत्कृट कफी भएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रका कार्यकारी निर्देशक प्रदिप मर्हजनले आर्थिक क्षेत्रमा नेपालमा धेरै सम्भावना रहेको तर यसमा   कृषिनीति,  तथा रणनीतिमा फेरबदल गर्न आवश्यक रहेकोमा जोड दिए ।  यसका लागि कृषि व्यवसाय प्रवद्र्धन ऐन ल्याउने प्रक्रिया जारी रहेको जानकारी दिदै उनले अबको ६–७ महिनामा कृषिक्षेत्रमा नयाँ नियम  संसदबाट पारित हुने आशा व्यक्त गरे ।
समृद्धिको बाटो नामक बृहत आर्थिक कार्यक्रममा  कृषि, पर्यटन, उद्योग, उत्पादनजन्य क्षेत्र तथा निर्यातसँग जोडिएका नेपाली उद्योगहरुको विकास र सम्बद्र्धनमा लागिपरेका व्यक्तिहरु, उद्यमी, लगानीकर्ताहरु, बैंकर्सहरु, कलाकार र पत्रकार सहित अर्थतन्त्र अध्ययन गरेका यूवा विद्यार्थीहरुको सहभागिता रहने बताईएको छ । साथै सम्बन्धित मन्त्रालयका अधिकारी निजी क्षेत्रका विभिन्न व्यतित्व, विज्ञ लगायतको पनि उपस्थिती रहने आयोजक मिडिया इन्टरनेसनलले जनाएको छ ।

प्रकाशित : २६ जेष्ठ २०७३, बुधबार १०:५०