पुँजी बजार ऐतिहासिक विन्दुमा, दुई अर्बको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पुँजी बजार ऐतिहासिक विन्दुमा, दुई अर्बको कारोबार



काठमाडाै । नेप्से र कारोबार दुवै हिसाबले पुँजी बजार बिहीबार ऐतिहासिक विन्दुमा पुगेको छ । नेप्से १९.९० अंक बढेर १५६६.७० विन्दुमा पुगेको छ । यो अहिलेसम्मकै सर्वाधिक उच्च विन्दु हो । कारोबारका हिसाबले पनि बिहीबार ऐतिहासिक रह्यो । झन्डै दुई अर्बको कारोबार भएको छ । बिहीबार एक अर्ब ८९ करोडको कारोबार भएको छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च कारोबार हो । यसअघि एक अर्ब ६५ करोडको कारोबार भएको छ ।

साताको पहिलो दिन आइतबार नेप्से ३५ अंकले घटेपछि बाँकी चारै दिन नेप्से दोहोरो अंकले बढेको छ । सोमबार ३३, मंगलबार १४.६९ र बुधबार १५.३१ अंक बढेको थियो । चार दिनमा नेप्से करिब ८३ अंक बढेर ऐतिहासिक रेकर्ड कायम गरेको छ। बिहीबार पनि बजारमा बिमा निकै चम्किए । मूल्य र कारोबार दुवैमा बिमाको थप उछाल देखियो । अधिकांश बिमा कम्पनीहरुको मूल्यमा भारी वृद्धि भएको छ । इन्सुरेन्सको परिसूचक बिहीबार करिब ६ सय अंकले बढेको छ ।

इन्सुरेन्सको मात्रै एक अर्बभन्दा बढीको कारोबार भएको छ । बुधबार पनि बिमाले बजारलाई लिड गरेको थियो ।नेपाल लाइफ इन्सुरेन्सले एफपीओ जारी गर्ने सूचनाले बजारमा बेग्लै तरंग ल्यायो । नेपाल लाइफ इन्सुरेन्सको मात्रै २४ करोडको कारोबार भएको छ । यसको मूल्यमा १० प्रतिशत वृद्धि भएर ४४८८ पुगेको छ । एकैदिन एनएलआसीको भाउ ४०८ रुपैयाँ बढेको छ ।

त्यसैगरी सूर्यलाइफ र शिखर इन्सुरेन्सको दस प्रतिशत भाउ बढेको छ । अन्य इन्सुरेन्सको भाउ पनि कम्तीमा पाँचदेखि नौ प्रतिशतसम्म बढेको छ ।

अन्य बिमा कम्पनीहरुले पनि पुँजी बढाउन एपफिओ जारी गर्ने, हकप्रद ल्याउने आसमा लगानीकर्ताहरु बिमातर्फ लोभिएका छन् ।

बजारमा निरन्तर अगाडि देखिएको बंगलादेश बैंकको प्रभाव बिहीबार पनि कमजोर देखिएन । बढी कारोबार हुने कम्पनीको सूचीमा एनबीबी दोस्रो नम्बरमा छ । एनबीबीको बिहीबार १९ करोड बढीको कारोबार भएको छ भने अरु बैंकहरुको मूल्य घट्दा यसको भाउ बढेको छ ।

बढी कारोबार हुने कम्पनीहरु

Top 9

बढी कारोबार हुनेको सूचीमा एनएलआइसिएलको ११ करोड बढीको कारोबार भएको छ भने प्रभु इन्सुरेन्सको ७ करोड बढीको कारोबार भएको छ। त्यसैगरी एलआइसिएन, एलजिआइएल, पिआइसी, गुराँस इन्सुरेन्स, युनाइडेट इन्सुरेन्स र प्रुडुन्सियल इन्सुरेन्स पनि बिहीबार बढी कारोबार हुने सूचीमा छन् ।

प्रकाशित : २७ जेष्ठ २०७३, बिहीबार १४:५७