शुक्रपथ बहुउद्देश्यीय सहकारीले यसरी मनायो ११ औं वार्षिक उत्सव(फोटो फिचर) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

फोटो फिचर

शुक्रपथ बहुउद्देश्यीय सहकारीले यसरी मनायो ११ औं वार्षिक उत्सव(फोटो फिचर)



काठमाडाै । शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले साताव्यापी कार्यक्रमको आयोजना गरी ११औं ११ औं वार्षिक उत्सब मनाएको छ ।संस्थाले मुख्य कार्यालयसहित पाँचवटै सेवाकेन्द्रमा बृहत रक्तदान कार्यक्रम गरेको जनाएको छ ।

‘रक्तदान जीवनदान’ भन्ने मूलनारालाई आत्मसात गर्दै संस्थाले रगत जस्तो मानवीय आवश्यकता परिपूर्ति गर्न सो कार्यक्रम गरेको प्रमुख कार्यकारी अधिकृत मधुकर वाग्लेले जानकारी दिए । रक्तदानमा २५० जनाभन्दा बढि रक्तदाताले रक्तदान गरेका छन् ।

संस्थाले साताव्यापी कार्यक्रम अन्तर्गत भक्तपुरको सहारा हेरविचार केन्द्रलाई खाद्यान्न सहयोग, जिल्ला सहकारी संघ काठमाण्डौको समन्वयमा ‘सहकारीका समस्या र चुनौति’ विषयक गोष्ठी, संस्थाका ज्येष्ठ सदस्यलाई सम्मान तथा लठ्ठी वितरण गरेको हो । त्यसैगरी संस्थाले बुढानीलकण्ठ–२ मा रहेको कालिका पार्कमा विश्रामघर निर्माण, बेञ्च तथा डस्टबिन राख्ने कार्य गरेको छ । त्यसैगरी सोही अवसरमा संस्थाले सार्वजनिक स्थल, मठमन्दिर, पूरातात्विक सम्पदाको सरसफाई समेत गरेको छ ।

संस्थाका सञ्चालक समिति, उपसमिति र शेयरसदस्यहरुको सक्रिय सहभागिताका कारण संस्थाले सामाजिक गतिविधि गर्न सकेको प्रमुख कार्यकारी अधिकृत वाग्लेले बताए । संस्थामा १० हजारको हाराहारीमा शेयर सदस्य, ८ वटा सेवा केन्द्र र झण्डै २ अर्ब हाराहारीमा कुल कारोबार गर्दै आइरहेको छ । संस्थाले यसै आर्थिक वर्षभित्रमा नुवाकोट र नारायणगढमा सेवा केन्द्र विस्तार गर्दैछ भने आगामी आर्थिक वर्षभित्र ४ वटा सेवा केन्द्र विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ ।

प्रकाशित : २६ चैत्र २०७७, बिहीबार ०९:३४